नागरिक उन्मुक्ति पार्टीको ​आयोजनामा संघीय लोकतान्त्रिक मोर्चाको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
२५ पटक हेरिएको
Shares
नागरिक उन्मुक्ति पार्टीको ​आयोजनामा संघीय लोकतान्त्रिक मोर्चाको बैठक

सारांश

  •   मधेस केन्द्रित ७ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक शुरू भएको छ ।
  • नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आयोजनामा बिहीबार दिउँसो मोर्चाको बैठक बसेको हो ।
  • नाउपाका संरक्षक रेशम चौधरीको अध्यक्षतामा काठमाडौंमा जारी बैठकमा समसामयिक तथा पछिल्लो राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

१२ असार, काठमाडौं । 

मधेस केन्द्रित ७ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक शुरू भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आयोजनामा बिहीबार दिउँसो मोर्चाको बैठक बसेको हो ।नाउपाका संरक्षक रेशम चौधरीको अध्यक्षतामा काठमाडौंमा जारी बैठकमा समसामयिक तथा पछिल्लो राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नम्बर १ (२) को रिक्त सदस्यको उपचुनावको मिति तोक्ने तयारी आयोगले गरेको छ ।  बैठकमा कात्तिकको दोस्रो साता हुने भनिएको उपनिर्वाचनबारे पनि छलफल हुनेछ । मोर्चामा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?