पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सय बढी वकिल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
२३ पटक हेरिएको
Shares
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सय बढी वकिल

सारांश

  • विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान जारी छ ।
  • बयान सकिनासाथ सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीहरूले बहस हुनेछ ।
  • मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बश्याल सहित सरकारी वकिलको टोलीले बहस गर्नेछ ।

११ असार, काठमाडौं ।

विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान जारी छ । बयान सकिनासाथ सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीहरूले बहस हुनेछ । मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बश्याल सहित सरकारी वकिलको टोलीले बहस गर्नेछ । बहसकै लागि अख्तियारले पनि सहन्यायाधीवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको छ । अख्तियारभित्रै केही सरकारी वकिलहरूको दरबन्दी हुन्छ । सरकारी वकिल बाहेक वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको तर्फबाट वकालत गर्नेछन् ।

अख्तियारले विरलै रूपमा भ्रष्टाचार मुद्दामा बहसपैरवीका लागि स्वतन्त्र कानुन व्यवसायीहरूलाई ‘हायर’ गर्छ । हिमाल मिडियाका अध्यक्ष कनकमणि दिक्षित पक्राउ परेपछि अख्तियारले पूर्वमहान्यायाधीवक्ता डा. युवराज संग्रौला लगायतलाई यसैगरी हायर गरेको थियो । त्यसअघि सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियार र महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीबीच नीतिगत विषयमा विवाद हुँदा पनि अख्तियारले कानुन व्यवसायीहरूलाई ‘वकालतनामा’ गराएको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको तर्फबाट बहस गर्ने भनी करिव एक सय कानुन व्यवसायीहरूले वकालतनामा भरेका छन् । बहस गर्ने कानुन व्यवसायीहरूका लागि वकालतनामाको फारममा पूर्वप्रधानमन्त्री नेपालले हस्ताक्षर गरेर राखिदिएका थिए ।

वकालतनामाको सूची बनाई समन्वय गरिरहेका अधिवक्ता परिवर्तन राईका अनुसार अहिले पनि वकालतनामा भर्न कानुन व्यवसायीहरू आइरहेका छन् । वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, पूर्वकानुन मन्त्री समेत रहेका गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टिकाराम भट्टराई, बाबुराम दाहाल, डा. चन्द्रकान्त ज्ञवालीले वकालतनामा भरेका छन् । यस्तै, हर्कबहादुर रावल, खम्मबहादुर खाती, प्रेमबहादुर खड्का, ललित बस्नेत, एकराज भण्डारी, नारायणप्रसाद देवकोटा, विश्वकान्त मैनाली, सुरेन्द्र थापा, खगेन्द्र अधिकारीले वकालतनामा भरिसकेका छन् । वकालतनामा भरे पनि दुवैतर्फका सबै कानुन व्यवसायीहरू आजको थुनछेक बहसमा सहभागी हुन पाउने छैनन् । सीमित समयमा संक्षिप्त बहस गर्नुपर्ने भएकाले दुवैतर्फबाट छानिएका सीमित कानुन व्यवसायीले मात्रै बहस गर्न पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विश्व स्वास्थ्य दिवस मनाइँदै
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली
झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते
सहकारीमा ५ अर्ब ११ करोड रुपैयाँ ठगी, ४८ वटा मुद्दा दर्ता
सहकारीमा ५ अर्ब ११ करोड रुपैयाँ ठगी, ४८ वटा मुद्दा दर्ता
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
जेन-जी आन्दोलन : शिक्षण अस्पतालमा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
जेन-जी आन्दोलन : शिक्षण अस्पतालमा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना
६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि
इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित