१४ असार २०८२, शनिबार

संघीय निजामती विधेयकबारे प्रचण्ड– समितिमा सहमति भएका विधेयकमा छेडखानी नहोस्

११ असार, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिमा सहमति भइसकेको विधेयक संसद्को कार्यसूचीमा चढेर पनि फिर्ता हुनु गम्भीर विषय रहेको बताएका छन् ।  समितिमा सहमति भएका विधेयकमा छेडखानी नगर्न उनले सरकारको ध्यानाकर्षण गराए । बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रचण्डले संघीय निजामती विधेयक संसद्को कार्यसूचीमा परेर पनि स्थगित हुनु गम्भीर विषय रहेको बताएका हुन् ।‘समितिमा सहमति भएका विषयलाई छेडखानी गर्ने काम नहोस्, यहाँ सर्वसम्मत भएका कुरालाई बिगार्ने काम नहोस्,’ उनले भने, ‘यहाँबाट पारित भएका विधेयक समयमा पारित हुन्, गृहमन्त्री र रक्षामन्त्रीसहित सबैको ध्यानाकर्षण गराउँछु ।’

समिति सभापति रामहरि खतिवडाले कार्यसूचीमा चढेर पनि फिर्ता भएको संघीय निजामती विधेयक छिट्टै पारित हुने अपेक्षा रहेको बताएका थिए । ‘कुलिङ पिरयड’सम्बन्धी व्यवस्थाका कारण विधेयक पारित हुन ढिलाइ भइरहेको छ । सरकारसँग समझदारी बनाऔं भन्नुको कारण पनि कतिपय विधेयक पारित गर्नुपर्ने टड्कारो रहेको उनले बताए । ‘विद्यालय शिक्षा ऐन असार १५ सम्म ल्याउने भनेर सरकारले शिक्षकसँग सहमति गरेको थियो । तर, आफैंले गरेको सहमति विपरीत विद्यालय शिक्षा विधेयक अगाडि बढेको छैन, त्यत्तिकै टारिने त होइन ? अहिले अलिबढी चिन्ता भइरहेको छ,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment