धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
३० पटक हेरिएको
Shares
धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै

सारांश

  • धादिङमा एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् ।
  • गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् ।
  • बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

११ असार, काठमाडौं ।

धादिङमा एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् । गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् ।

बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डाम विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सहप्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?