११ श्रावण २०८२, शनिबार

चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व

३ मंसिर, काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा १ खर्ब ३६ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन भएको छ ।

विभागका अनुसार साउनदेखि कात्तिकसम्मको भन्सारमार्फत उक्त रकम राजश्व संकलन भएको हो । चार महिनाका लागि सरकारले १ खर्ब ९७ अर्ब रुपैयाँ भन्सार राजश्व संकलनको लक्ष्य लिएको थियो । तर, लक्ष्यको ६९.०३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ ।

असोज महिनाको अन्तिमसम्ममा १ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य तय भएको थियो । तर, १ खर्ब ८ अर्ब रुपैयाँमात्रै राजश्व संकलन भएको थियो । जुन, लक्ष्यको ७४ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?