१४ असार २०८२, शनिबार

बर्दियामा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ

८ असार, काठमाडौं।

बर्दियामा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–८, थानफेनाका १९ वर्षीय वसन्त बिसी छन् । उनी बारबर्दिया–१०, बैदीमा डेरा गरी बस्दै आएका थिए ।

१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ ।  शनिबार (असार ७) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । बलात्कारको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment