संसद्मा प्रधानमन्त्रीको खोजी
८ असार, काठमाडौं ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथिकै छलफलमा प्रधानमन्त्री ओली अनुपस्थित रहेको भनेर उनको खोजी भएको हो । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले संसद्मा प्रधानमन्त्रीको खोजी गरेका हुन् ।
‘प्रधानमन्त्री भन्नुहुन्छ– म जनताप्रति उत्तरदायी नै छु । तर, आज प्रधानमन्त्री कार्यालयकै विषयमा छलफल चलिरहेको छ प्रधानमन्त्रीजी यहाँ हुनुहुन्छ ।’प्रधानमन्त्रीले संसद्लाई कति प्राथमिकता दिएका छन् भन्ने उनको अनुपस्थितिले देखाउने साहको टिप्पणी छ ।काठमाडौंमै रहेर प्रधानमन्त्री ओली संसद्मा बजेटमाथिको छलफलमा सहभागी नभएको भनेर उनले प्रश्न उठाएका हुन् । प्रधानमन्त्री कार्यालयकै बजेटमाथिको छलफलमा प्रधानमन्त्री सहभागी हुनैपर्नेमा त्यसो हुन नसकेको भनेर उनले सभामुख र सरकारको ध्यानाकर्षण गरे ।
Post Comment