पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

सारांश

  • गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक अझै खुलेको छैन ।
  • लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् ।
  • कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि खसेको सुक्खा पहिराले उक्त सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

८ असार, काठमाडौं ।

गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् । कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि खसेको सुक्खा पहिराले उक्त सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन् । सडक सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिएका भए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या परको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताए । ‘सडकभन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेको छ, हामीले यात्रीको सुरक्षालाई ध्यानमा राखेर प्रहरी टोलीलाई पहिरोग्रस्त

क्षेत्रमा खटाएका छौं, यात्रीलाई हर्मिचौर माथिबाट देउराली हुँदै अर्बेनीकोटको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौं’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले भने । पहिरो झर्ने क्रम नरोकिएका कारण उनले आज बेलुकीसम्म पनि उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए ।  लामो समयसम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या परेको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘सडक कतिबेला खुल्छ भनेर नागरिकले बारम्बार सोधिरहनुहुन्छ, तीन दिन भयो सडक पूर्ण रूपमा बन्द छ, के भनेर नागरिकलाई जवाफ दिने अवस्था यस्तो छ’, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र
७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र
एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै
काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण
काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै
एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै
आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा
विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डु*बेर दुई बालिकाको मृ*त्यु 
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डु*बेर दुई बालिकाको मृ*त्यु 
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट
अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट