व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ७, २०८२
|
|
३५ पटक हेरिएको
Shares
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन

सारांश

  • शनिबार काठमाडौंमा आयोजित विद्यार्थीसँग जनप्रतिनिधि : बिचार विमर्श कार्यक्रममा लिङदेनले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका हुन् ।
  • अख्तियार लगायत राज्यका महत्वपूर्ण निकायमा प्रमुख राजनीतिक दलको भागबन्डाबाट पदाधिकारी नियुक्ति हुने गरेकाले उनीहरूबाट भ्रष्टाचारीलाई कारवाही हुने सम्भावना कम रहेको उनले बताए ।
  • लिङदेनले अहिलेको संविधान र व्यवस्था ल्याउने नेताहरूमा समेत समस्या रहेको धारणा राखे ।

७ असार, काठमाडौं 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित विद्यार्थीसँग जनप्रतिनिधि : बिचार विमर्श कार्यक्रममा लिङदेनले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका हुन् ।

अख्तियार लगायत राज्यका महत्वपूर्ण निकायमा प्रमुख राजनीतिक दलको भागबन्डाबाट पदाधिकारी नियुक्ति हुने गरेकाले उनीहरूबाट भ्रष्टाचारीलाई कारवाही हुने सम्भावना कम रहेको उनले बताए । लिङदेनले अहिलेको संविधान र व्यवस्था ल्याउने नेताहरूमा समेत समस्या रहेको धारणा राखे । अहिले मुलुकमा कहाँ भ्रष्टाचार छ भन्ने नभइ कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आएको उनको भनाइ छ । त्यस्तै लिङ्देनले मुलुक सङ्घीय संरचनामा गइसकेपछि जनप्रतिनिधिको सङ्ख्या धेरै भएको र उनीहरूलाई सुविधा दिन विदेशीसँग ऋण लिनुपर्ने अवस्था देखिएको जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन
विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन
बाढीबाट ३२ जलविद्युत आयोजनाप्रभावित, इलाममामात्रै १६ आयोजनामाक्षति
बाढीबाट ३२ जलविद्युत आयोजनाप्रभावित, इलाममामात्रै १६ आयोजनामाक्षति
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था, कृषि मन्त्रालयलाई ५७ अर्ब
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था, कृषि मन्त्रालयलाई ५७ अर्ब
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको शानदार जित
सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको शानदार जित
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी