१० श्रावण २०८२, शुक्रबार

जलविद्युत परियोजनाबारे राष्ट्रपति पौडेलको चासो

२ असार, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत  तथा सिँचाइ मन्त्री दीपक खड्कासँग जल विद्युत आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् । सोमबार शीतल निवास बोलाएर मन्त्री खड्कासँग यस्तो जानकारी लिएका हुन् । पौडेलले १ सय ४० मेगावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माण कार्यको प्रगति विवरणको जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराएको

स्वकीय सचिवालयले जनाएको छ । यस्तै उनले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेगावाटको तल्लो सेती परियोजनाको यथाशीघ्र कार्यान्वयनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिए । राष्ट्रपति पौडेलले जलविद्युत  परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि चासो राखेको स्वकीय सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?