‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए
२ असार, काठमाडौं ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई फेला पारेको हो । उनलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए । बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ । फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment