त्रिदेशीय टी-२०आई शृंखला : नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
७७ पटक हेरिएको
Shares
त्रिदेशीय टी-२०आई शृंखला : नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै

सारांश

  • स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ ।
  • खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।
  • खेलको प्रत्यक्ष प्रसारण टेलिभिजनमा एक्सन स्पोर्ट्स र एडिआर स्पोर्ट्स च्यानलमार्फत युट्यबुमा हेर्न सकिनेछ ।

२ असार, काठमाडौं ।

स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण टेलिभिजनमा एक्सन स्पोर्ट्स र एडिआर स्पोर्ट्स च्यानलमार्फत युट्यबुमा हेर्न सकिनेछ ।

यसअघि आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो । १६१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १२१ रनमा अलआउट भयो । नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म भएका टी-२०आई खेलहरूमा ७ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजाविहीन छ ।

पछिल्लोपटक नेपाल र नेदरल्याण्ड्स सन् २०२४ जुनमा आईसीसी टी-२० विश्वकपको खेलमा भिडेका थिए जहाँ नेदरल्याण्ड्स विजयी भएको थियो । त्यसअघि मार्चमा कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । फाइनलअघि भएको २ खेलमा भने दुवै टोलीले १-१ जित निकाले । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखला सकिएपछि त्यही टोलीहरूको बीचमा टी-२०आई खेलिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुख डिपी अर्याल सवार गाडीलाई ट्राफिकले काट्यो चिट
सभामुख डिपी अर्याल सवार गाडीलाई ट्राफिकले काट्यो चिट
एमालेले सचिवालयको वैठकमा के–के गर्‍यो निर्णय ?
एमालेले सचिवालयको वैठकमा के–के गर्‍यो निर्णय ?
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
डोटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई एचपिभी खोप लगाइने
डोटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई एचपिभी खोप लगाइने
सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला
सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने
माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
आज गणतन्त्र दिवस, कसरी हट्यो राजतन्त्र ?
आज गणतन्त्र दिवस, कसरी हट्यो राजतन्त्र ?
ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक
ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते सहितको नाम सार्वजनिक