वीरगन्जका विद्यालयहरूमा थप ६ दिन बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३१, २०८२
|
|
२६ पटक हेरिएको
Shares
वीरगन्जका विद्यालयहरूमा थप ६ दिन बिदा

सारांश

  • तराई–मधेसमा केही दिनयता अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त बनेपछि वीरगन्ज महानगरपालिकाका विद्यालयहरूमा थप एक हप्ताको बिदा दिइएको छ।
  • महाननगरपालिकाले सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी बिदा थप गरेको हो।
  • यसअघि महानगरपालिकाले विद्यालयहरूमा जेठ २९ र ३० गते दुई दिन मात्रै गर्मी बिदा दिएको थियो।

३१ जेठ, वीरगन्ज ।

तराई–मधेसमा केही दिनयता अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त बनेपछि वीरगन्ज महानगरपालिकाका विद्यालयहरूमा थप एक हप्ताको बिदा दिइएको छ। महाननगरपालिकाले सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी बिदा थप गरेको हो। यसअघि महानगरपालिकाले विद्यालयहरूमा जेठ २९ र ३० गते दुई दिन मात्रै गर्मी बिदा दिएको थियो।

तर गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि महानगरपालिकाले शनिबार सूचना जारी गर्दै विद्यालयहरूमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी बिदा थप गरेको हो। शनिबार वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा लेखिएको छ–केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारणबाट विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्था देखिएकाले असार १ गतेदेखि असार ६ गतेसम्म ६ दिन वर्षे बिदा मिलान हुने गरी सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको छ।’ पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरूमा अहिले गर्मी अत्यधिक बढिरहेको छ। यस क्षेत्रमा केही दिनयता तापक्रम बढेर अधिकतम ४१ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुबा–छोराद्वारा आमाछोरीमाथि निर्घात कुटपिट, घाइते बनाइ फरार
बुबा–छोराद्वारा आमाछोरीमाथि निर्घात कुटपिट, घाइते बनाइ फरार
मर्मत सम्भार गर्न त्रिपालले छोपियो सिंहदरबार
मर्मत सम्भार गर्न त्रिपालले छोपियो सिंहदरबार
आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने
आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने
सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता
सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता
मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भइरेको छ : शिक्षामन्त्री पोखरेल
मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भइरेको छ : शिक्षामन्त्री पोखरेल
सरकारलाई शिक्षक महासंघको अल्टिमेटम – २१ गतेभित्र विधेयक पारित नभए थप शक्तिशाली आन्दोलन
सरकारलाई शिक्षक महासंघको अल्टिमेटम – २१ गतेभित्र विधेयक पारित नभए थप शक्तिशाली आन्दोलन
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की
अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की
विमानस्थलमा घाँस काट्न साढे ८८ लाखको ठेक्का
विमानस्थलमा घाँस काट्न साढे ८८ लाखको ठेक्का
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान