असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३१, २०८२
|
|
३१ पटक हेरिएको
Shares
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त

सारांश

  •   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐन प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढिरहेको बताएका छन्।
  •   सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पन्तले उक्त कुरा बताएका हुन्।
  •   उनले भने, ‘असार १५ गतेसम्ममा विद्यालय शिक्षा सम्बन्धी ऐन हामीले प्रतिनिधि सभाबाट सकेसम्म पारित गरौँ भन्ने मेरो प्रयत्न छ।

३१ जेठ, काठमाडौँ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐन प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढिरहेको बताएका छन्।  सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पन्तले उक्त कुरा बताएका हुन्।  उनले भने, ‘असार १५ गतेसम्ममा विद्यालय शिक्षा सम्बन्धी ऐन हामीले प्रतिनिधि सभाबाट सकेसम्म पारित गरौँ भन्ने मेरो प्रयत्न छ।’ त्यसमा उपसमितिले प्रतिवेदन दिइसकेपछि शिक्षक महासंघले आफ्ना सबै माग नसमेटिएको भन्दै आन्दोलन घोषणा गर्न लागेको तर आफूले सकेसम्म माग पूरा गर्छु भनी आश्वासन दिएको उनले सुनाए।

‘उहाँहरूले मसँग ९ बुँदे त तपाईंसँग भयो, तर ०७५, ०७८, ०८० सालमा गरिएका विभिन्न सम्झौताहरू छन्, ती सम्झौता कार्यान्वयन हुनुपर्छ। ती सम्झौता पनि नेपाल सरकारका मन्त्रीहरूले हस्ताक्षर गर्नुभएको छ। हाम्रो केही माग मात्रै पूरा भएको छ तर हाम्रो उपसमितिले कतिपय कुरा अझ समेट्न सकेन। ती माग पनि सम्बोधन हुनुपर्छ भनेर दबाबको कार्यक्रम घोषणा गर्न थाल्नुभएको थियो’, मन्त्री पन्तले भने, ‘मैले बोलाएर संविधान र ऐन कानुनले मान्ने र देशको बजेटले धान्ने काम गर्छु भनेको छु। ९ बुँदे सम्झौता आउने आर्थिक वर्षदेखि लागु हुन्छ। त्यसको दायित्व ८ अर्ब रुपैयाँ थप दायित्व नेपाल सरकारले बेहोर्छ। त्यसअघिका मागमा पनि छलफल गर्न तयार छु तर अब थप आर्थिक भार पर्ने माग धान्न सकिँदैन। बजेट पनि आइसक्यो। सकेसम्म शिक्षकहरू फेरि सडकमा फर्किएर जान नपरोस् भन्ने अवस्था बनाऊँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
अछाम केन्द्रबिन्दु भएर भूकम्प
अछाम केन्द्रबिन्दु भएर भूकम्प
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’
हेटौँडा औद्योगिक क्षेत्रका तीन उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो
हेटौँडा औद्योगिक क्षेत्रका तीन उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो
बाजुराका एक युवकले गरे आत्मह*त्या
बाजुराका एक युवकले गरे आत्मह*त्या