विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३१, २०८२
|
|
३८ पटक हेरिएको
Shares
विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

सारांश

  • विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य ऊर्जा) वितरण सुरु गरिएको छ ।
  • खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ ।
  • छार्काताङसोङ गाउँपालिकाको छ वटा वडाहरुमा रु ६६ लाख आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ ।

३१ जेठ, सुर्खेत ।

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य ऊर्जा) वितरण सुरु गरिएको छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । छार्काताङसोङ गाउँपालिकाको छ वटा वडाहरुमा रु ६६ लाख आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ ।

त्यस्तै काइके गाउँपालिकाको दलित बस्ती रहेको वनढाडामा रु २० लाखको ७५ घरधुरीलाई सोलार वितरणको काम समेत भइरहेको प्रमुख गिरीले बताउनुभयो । डोल्पोबुद्ध गाउँपालिका–६ मा रु २५ लाख लागततमा ८० घरधुरीलाई सोलार वितरणको कार्य सुरु गरिएको छ । उपल्लो डोल्पाकै शे फोक्सुण्डो गाउँपालिका–१ मा रु २० लाखमा ४५ घरधुरीलाई सोलार वितरणको काम भएको उहाँले जानकारी दिनुभयो । ठूलीभेरी नगरपालिका–११ स्थित गाउँमा स्थानीयवासी र कार्यालयको साझेदारीमा रु ३० लाखमा १५५ घरधुरीलाई सोलार वितरणको काम अन्तिम चरणमा पुगेको छ । विद्युत्को पहुँच नपुगेका कर्णालीका जिल्लाहरुमा विद्युत्को पहुँच विस्तार गर्ने कार्यक्रमअन्तर्गत सोलार वितरण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच?
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी
संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
राष्ट्रिय महिला अधिकार दिवस मनाईदै
राष्ट्रिय महिला अधिकार दिवस मनाईदै
प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला
प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला
भीरबाट लडेर बालिकाको मृत्यु
भीरबाट लडेर बालिकाको मृत्यु
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी