९० वर्षीय वृद्धले गरे श्रीमतीको ह*त्या
३० जेठ, काठमाडौं ।
पूर्व नवलपुरको देवचुली नगरपालिका–३ आम्बासका एक बृद्धले श्रीमतीको हत्या गरेका छन् । बुधबार राति करिब ९ बजे घरेलु विवाद चर्किँदै जाँदा ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको टाउकोमा फलामको रडले हानेर हत्या गरेका हुन् ।
रड प्रहारबाट गम्भीर घाइते भएकी जमुनाको घटनास्थलमै मृत्यु भएको जिल्ला पहरी कार्यालयका सूचना अधिकारी पहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । हत्यापछि फारार भएका दिलबहादुर प्रहरीले केही समयमै नियन्त्रणमा लिएको थियो । दिलबहादुरले प्रहरीसमक्ष घटना स्वीकार गरेको पहरी नायब उपरीक्षक नेपालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment