Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३७ पटक हेरिएको
Shares
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन

सारांश

  • भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलसहित कुल २४२ यात्रुमध्ये एक जना रमेश विश्वास कुमार मात्र बाँच्न सफल भए।
  • विमान खसेर भीषण आगलागी भई टुक्राटुक्रा हुँदा पनि उनी बाँच्नुलाई धेरैले चमत्कार ठानेका छन्।
  • त्यसो त उनी आफैँ पनि आश्चर्यमा परेका छन्।

३० जेठ, काठमाडौं ।

भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलसहित कुल २४२ यात्रुमध्ये एक जना रमेश विश्वास कुमार मात्र बाँच्न सफल भए। विमान खसेर भीषण आगलागी भई टुक्राटुक्रा हुँदा पनि उनी बाँच्नुलाई धेरैले चमत्कार ठानेका छन्। त्यसो त उनी आफैँ पनि आश्चर्यमा परेका छन्।

विमानको सिट नम्बर ११ ए मा बसेका उनको भिडिओ सार्वजनिक भएको छ। जसमा उनी खुट्टा खोच्याएर हिँडेको देखिन्छ। भारतीय मूलका बेलायती नागरिक रमेशले भनेका छन्, ‘विमान विस्फोट भयो, म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन। उडेको ३० सेकेन्डपछि नै विमान दुर्घटना भयो। जब म होसमा आएँ, मेरा वरिपरि केवल शवहरू थिए। मलाई कसैले उठायो र एम्बुलेन्समा राख्यो। मेरो भाइ पनि मसँगै विमानमा यात्रा गरिरहेको थियो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?