विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
१८ पटक हेरिएको
Shares
विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा

सारांश

  • विश्वव्यापी सर्वेक्षण संस्था प्यु रिसर्च सेन्टरले सोमवार जारी गरेको धर्मावलम्बीहरूको संख्यासम्बन्धी रिपोर्टमा हिन्दूहरू चौथो स्थानमा रहेका छन् ।
  • सन् २०१० देखि २०२० सम्मको अवधिमा इस्लाम धर्मावलम्बीको संख्या द्रुत गतिमा बढेको र क्रिस्चियनहरूको संख्या ह्‌वात्तै घटेको पाइएको छ ।
  • आश्चर्यको कुरा त, कुनै पनि धर्म नमान्नेहरू तेस्रो स्थानमा रहेका छन् ।

२९ जेठ, काठमाडौं ।

विश्वव्यापी सर्वेक्षण संस्था प्यु रिसर्च सेन्टरले सोमवार जारी गरेको धर्मावलम्बीहरूको संख्यासम्बन्धी रिपोर्टमा हिन्दूहरू चौथो स्थानमा रहेका छन् । सन् २०१० देखि २०२० सम्मको अवधिमा इस्लाम धर्मावलम्बीको संख्या द्रुत गतिमा बढेको र क्रिस्चियनहरूको संख्या ह्‌वात्तै घटेको पाइएको छ । आश्चर्यको कुरा त, कुनै पनि धर्म नमान्नेहरू तेस्रो स्थानमा रहेका छन् । प्युको प्रतिवेदन तयार पार्नका लागि २०१ देशमा २७ सयभन्दा बढी जनगणना र सर्वेक्षणहरूलाई आधार बनाइएको थियो ।

त्यसमा जन्म, मृत्यु, आप्रवासन र धर्म परिवर्तन लगायतलाई मानक बनाइएको थियो । त्यसअनुसार, अघिल्लो दशकमा मुसलमानहरूको संख्या ३४.७ करोडले बढेको थियो । त्यो अन्य सबै धर्मावलम्बीको वृद्धिभन्दा निकै बढी हो । सन् २०२० सम्ममा विश्व जनसंख्यामा मुसलमानहरूले २५.६ प्रतिशत भाग ओगटेका छन् । मुस्लिमबहुल देशहरूमा जन्मदर बढी भएका कारण पनि जनसंख्यामा वृद्धि भएको हो । तर, यति हुँदा पनि क्रिस्चियनहरूको संख्या अहिले पनि सबभन्दा बढी छ । उनीहरूको संख्या २.३ अर्ब भए पनि पहिलेको तुलनामा उनीहरू १.८ प्रतिशत घटेका हुन् । विश्वको कुल जनसंख्यामा क्रिस्चियनहरू २८.८ प्रतिशत छन् । प्रमुख धर्महरूमध्ये बौद्धको संख्या सबभन्दा धेरै घटेको छ । उनीहरूको संख्या लगभग २ करोडले घटेर जम्मा ३२.४ करोडमा झरेको छ । विश्व जनसंख्यामा उनीहरूले ४.१ प्रतिशत भाग मात्र ओगटेका छन् । बौद्ध धर्म मान्ने मुलुकहरूमा न्यून जन्मदर र धर्मपरिवर्तनका कारण उनीहरूको संख्या घटेको हो । हिन्दूहरूको संख्या चाहिँ लगभग स्थिर छ ।

सन् २०१० देखि २०२० सम्ममा संसारभरि हिन्दूहरूको संख्या १२.६ करोडले बढेर लगभग १.२ अर्ब पुगेको छ । कुल जनसंख्यामध्ये हिन्दू १४.९ प्रतिशत छन् । हिन्दू धर्म त्यागेर अर्को धर्म अपनाउनेको संख्या निकै कम रहेको प्यु सर्वेक्षणले देखाएको छ । हिन्दू परिवारमा जन्मेका १०० व्यक्तिमध्ये एकजनाले मात्र हिन्दू धर्म त्यागेको पाइएको छ । अझ, अन्य धर्म छोडेर हिन्दू धर्म अपनाउनेको संख्या पनि लगभग त्यति नै छ । विश्वभरि रहेका हिन्दूमध्ये लगभग ९५ प्रतिशत भारतमा छन् भने अत्यधिक हिन्दू (९९ प्रतिशत) एसिया प्रशान्त क्षेत्रमै बस्छन् । उत्तर अमेरिका र पश्चिम एसियामा हिन्दूहरूको संख्या बढेको छ । यस सर्वेक्षणमा देखिएको सबभन्दा अनौठो कुरा भनेको कुनै पनि धर्म नमान्ने व्यक्तिको संख्या ह्‌वात्तै बढेको छ । नास्तिक, ईश्वरको अस्तित्वमा शंका गर्नेहरू र कुनै पनि धर्म नमान्ने व्यक्तिहरूको संख्या सन् २०१० देखि २०२० सम्ममा २७ करोडले बढेर १.९ अर्ब पुगेको छ । क्रिस्चियन र मुस्लिम धर्मावलम्बीपछि धर्म नमान्नेहरू सबभन्दा बढी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल
हर्मुज जलमार्ग खुलाउन इरानसँग दक्षिण कोरियाको पहल
तीन वर्षमा बन्नुपर्ने सडक पाँच वर्षमा पनि बनेन
तीन वर्षमा बन्नुपर्ने सडक पाँच वर्षमा पनि बनेन
हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र
ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
ठूलीभेरीमा टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको श*व फेला
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
आज चार वटा संसदीय समितिको बैठक बस्दै
आज चार वटा संसदीय समितिको बैठक बस्दै
सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा
सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा