११ चैत्र २०८२, बुधबार

संसद बैठक भोलिसम्मका लागि स्थगित

२८ जेठ, काठमाडौं ।

प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ । अवरोध जारी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि विहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् । सभामुख घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए ।

तर सत्तापक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सन्चालनको माग गरे । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेनन् । बरु उल्टै प्रतिपक्षी सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् ।

Post Comment

छुटाउनुभयो कि ?