त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने
२६ जेठ, काठमाडौं ।
त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा बन्द गरिने भएको छ ।
सडक विस्तारको कामलाई तिव्रता दिन आज (जेठ २६) देखि ३० गतेसम्म बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना कार्यालयले जनाएको छ । साना तथा मझौला गाडीहरूलाई सीतापाइला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment