२६ जेष्ठ २०८२, आईतवार

बाजुराको बाम्का बजारमा सिलिन्डर पड्किएर भीषण आगलागी

२३ जेठ, काठडमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको छ । बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ । अहिलेसम्म १६/१७ वटा पसल जलिसकेका छन् ।

आगलागी निभाउने कार्य जारी छ । प्रहरीका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । प्रहरी निरीक्षाक देव बहादुर चौधरीको कमाण्डमा ३२ जना प्रहरी सो क्षेत्रमा खटिएको जनाइएको छ । आगलागीबाट बजार क्षत्रेमा ठूलो क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?