Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तीन सहसचिवको सरुवा, शिक्षक सेवा आयोगका अधिकारी शिक्षा मन्त्रालयमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
३५ पटक हेरिएको
Shares
तीन सहसचिवको सरुवा, शिक्षक सेवा आयोगका अधिकारी शिक्षा मन्त्रालयमा

सारांश

  •   सरकारले तीन सहसचिवको सरुवा गरेको छ ।
  • जेठ १९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सेवातर्फका २ जना र शिक्षा सेवातर्फका एक जना गरेर ३ जना सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।
  • सरुवा सूचीअनुसार सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राम पराजुली र शंकर बुढाथोकी शहरी विकास मन्त्रालय तथा मन्त्रालयअन्तर्गत सरुवा भएका छन् ।

२३ जेठ, काठमाडौं । 

सरकारले तीन सहसचिवको सरुवा गरेको छ । जेठ १९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सेवातर्फका २ जना र शिक्षा सेवातर्फका एक जना गरेर ३ जना सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

सरुवा सूचीअनुसार सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राम पराजुली र शंकर बुढाथोकी शहरी विकास मन्त्रालय तथा मन्त्रालयअन्तर्गत सरुवा भएका छन् । उनीहरु दुबै नेपाल इन्जिनियरिङ सेवाको सिभिल समूहतर्फ जनरल उपसमूहका कर्मचारी हुन् । यस्तै प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशमा कार्यरत नेपाल शिक्षक सेवाका सहसचिव रुद्रप्रसाद अधिकारीको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?