९ चैत्र २०८२, सोमबार

सरकारले प्रतिपक्षका नेतालाई छानीछानी आक्रमण गर्‍यो : देव गुरुङ

२३ जेठ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले विभिन्न बहानामा प्रमुख प्रतिपक्ष दलका नेतामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिपक्ष दलका नेतालाई छानीछानी बदलाभाव देखाएको उनको दाबी छ । सरकारले सत्तापक्षीय नेताहरुमाथि प्रश्न उठ्दा भने सरकारले संरक्षण दिएको बताएका छन् ।

शुक्रबार संवाद डबलीलले काठमाडौंमा आयोजना गरेको अन्र्तक्रियामा उनले भने, ‘माधवकुमार नेपाललाई भ्रष्टाचारको मुद्धा दायर गरिनु, रास्वपा सभापति रवि लामीछानेमाथि कानुनी डण्डा बर्षाउनु, कुलमान घिसिङलाई हटाउने, बालेन शाहलाई चलाई राख्नु प्रतिशोध र बदलाभाव हो ।’ महासचिव गुरुङले पार्टीका उपाध्यक्ष अग्नी सापकोटा र नेता सूर्यमान दोङलगायतमाथि लगाइएको मुद्दालाई नियमित अदालतले भन्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट सुल्झाउनुपर्ने धारणा राखे । पीडित पक्षले सोही विषयमा टिआरसीमा निवेदन दिएर राहतस्वरुप रकम लिइसकेको बताउँदै उनले भने, ‘अर्जुन लामाको परिवारले एकातिर टिआरसीबाट रकम लिने र अर्कोतिर छानबिन गरि कारबाही गरिपाउँ भनि अदालतमा जानु विस्तृत शान्ति साम्झौता र टिआरसी विरुद्धको विषय भयो ।’

Post Comment

छुटाउनुभयो कि ?