ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २१, २०८२
|
|
४४ पटक हेरिएको
Shares
ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु

सारांश

  • रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.
  • १ मंगलपुरमा बुधबार ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
  • सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक साइडपट्टी ठोक्किँदा दुर्घटना भएको हो।

२१ जेठ, काठमाडौँ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरमा बुधबार ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक साइडपट्टी ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परेर विद्युतीय गाडीमा सवार सर्लाही रामनगर १ खैरवाका ३० वर्षीय धिरेन्द्र ठाकुर र ३६ वर्षीया भगिया देविको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

गाडिमा सवार रहेकामध्ये दुई जना अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडीमा सवार १८ वर्षीय रानी कुमारी यादव (रामनगर) र १९ वर्षीय सरोज ठाकुर (दुर्गाभगवती गाउँपालिका–५, बडहर्वा) घाइते छन् ।

दुर्घटनापछि ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ निवासी ३२ वर्षीय ग्यालसेन थोकर र ईभी हाईस चालक सर्लाही रामनगर–३ निवासी २१ वर्षीय आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
क्रिकेटर सन्दीप लामिछानेको सल्यक्रिया
क्रिकेटर सन्दीप लामिछानेको सल्यक्रिया
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
१० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा
१० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा
नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” संस्था द्वारा कृषि औजार वितरण
नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” संस्था द्वारा कृषि औजार वितरण
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश
लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश