२५ जेष्ठ २०८२, शनिबार

बगरमा गाडेको अवस्थामा भेटियो ११ सय किलो गाँजा

२१ जेठ, विराटनगर ।

सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ । भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा  मंगलबार ३८ बोरा गाँजा भेटिएको थियो । बरामद गाँजा ११२० किलो रहेको  जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार सुनसरीको हरिनगरा गाँउपालिका ५ र ६ को सिमाना भएर बग्ने कटान खोलाको बगर गाडेर राखेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरेको हो । गाँजा बरामद भएको स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?