२६ जेष्ठ २०८२, आईतवार

भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

२० जेठ, काठमाडौं ।

प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक उक्त समयमा बस्न सकेको थिएन भने सूचना टाँस गरेर दिउँसो २ बजेसम्म स्थगित गरिएको थियो। त्यसपछि पनि बैठक बस्न सकेन। संघीय संसद सचिवालयले बुधबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित दलहरूको छ। सत्तारूढ नेपाली कांग्रेस र एमाले भने गृहमन्त्रीले सदनमा यस विषयमा कुरा राख्नुपर्ने अडानमा छन्। सत्ता र प्रतिपक्षीबीच कुरा नमिल्दा सदनको गतिरोध अन्त्य हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?