भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २०, २०८२
|
|
५७ पटक हेरिएको
Shares
भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

सारांश

  • प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।
  • मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक उक्त समयमा बस्न सकेको थिएन भने सूचना टाँस गरेर दिउँसो २ बजेसम्म स्थगित गरिएको थियो।
  • त्यसपछि पनि बैठक बस्न सकेन।

२० जेठ, काठमाडौं ।

प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक उक्त समयमा बस्न सकेको थिएन भने सूचना टाँस गरेर दिउँसो २ बजेसम्म स्थगित गरिएको थियो। त्यसपछि पनि बैठक बस्न सकेन। संघीय संसद सचिवालयले बुधबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित दलहरूको छ। सत्तारूढ नेपाली कांग्रेस र एमाले भने गृहमन्त्रीले सदनमा यस विषयमा कुरा राख्नुपर्ने अडानमा छन्। सत्ता र प्रतिपक्षीबीच कुरा नमिल्दा सदनको गतिरोध अन्त्य हुन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?