अनलाइन बेटिङमा संलग्न आरोपमा ललितपुरबाट १७ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २०, २०८२
|
|
५९ पटक हेरिएको
Shares
अनलाइन बेटिङमा संलग्न आरोपमा ललितपुरबाट १७ जना पक्राउ

सारांश

  • अनलाइन बेटिङ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरका दुई वटा ठाउँमा छापा मारेर १७ जनालाई पक्राउ गरेको हो।
  • कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमध्ये पाँच जना भारतीय नागरिक छन्।
२० जेठ, काठमाडौं ।

अनलाइन बेटिङ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरका दुई वटा ठाउँमा छापा मारेर १७ जनालाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमध्ये पाँच जना भारतीय नागरिक छन्। बाँकी सबै जना नेपाली नागरिक हुन्।

पक्राउ पर्नेहरूमा डाइमण्ड कुँवर, मनोज बोगटी, राजेन्द्रबहादुर महता, अरविनकुमार खड्का, विष्‍णुकुमार राउत, ठक्कर कुँवर, तिलक खड्का, जोर्डन भन्ने जीतबहादुर महतो, सुवास खड्का, विकास थापा, हर्कबहादुर खड्का, ऋषभ राज, दिपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह, पूर्णबहादुर दर्लामी मगर र मोहितकुमार सिंह छन्।

ऋषभ, दिपककुमार, अंकितकुमार, धिरतकुमार र मोहितकुमार भारतीय नागरिक हुन्। उनीहरूलाई ललितपुरको नख्खुको सनराइज अपार्टमेन्ट र धापाखेलबाट पक्राउ गरेको हो। लामो समयदेखि सट्टेबाजी खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोली खटिएको थियो। विशेषगरी उनीहरूले आइपिएल, जस्ता विभिन्न खेलमा बेटिङमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
मधेशका मुख्यमन्त्रीले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब
मधेशका मुख्यमन्त्रीले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब
सर्लाहीमा एक युवकलाई अमानवीय ढंगले कुटपिट, एक जना पक्राउ
सर्लाहीमा एक युवकलाई अमानवीय ढंगले कुटपिट, एक जना पक्राउ
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा
एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना, ४० जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना, ४० जना घाइते
नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीको साटो अर्थमन्त्रीले दिने
नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीको साटो अर्थमन्त्रीले दिने
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै
अचार निर्यातबाट, रू १० करोड बराबरको आम्दानि
अचार निर्यातबाट, रू १० करोड बराबरको आम्दानि
पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग
पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग