भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
३० पटक हेरिएको
Shares
भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा

सारांश

  •   एक सय २१ वर्ष पुरानो भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा गरिएको छ ।
  • भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्यांकन सार्वजनिक कार्यक्रममा देशभरका अस्पतालमध्ये भक्तपुर अस्पताल १०० पूर्णाकमा ९० अंक प्राप्त गर्दै सर्वोत्कृष्ट अर्थात् पहिलो भएको घोषणा गरिएको हो ।
  • कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल लगातार चौथो पटक प्रथम हुन सफल भएको उल्लेख गर्दै अस्पतालको गुणस्तरमा कुनै कमी आउन नदिन कर्मचारीले इमानदार भएर काम गर्नुपर्ने बताए ।

१९ जेठ, काठमाडौं । 

एक सय २१ वर्ष पुरानो भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा गरिएको छ । भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्यांकन सार्वजनिक कार्यक्रममा देशभरका अस्पतालमध्ये भक्तपुर अस्पताल १०० पूर्णाकमा ९० अंक प्राप्त गर्दै सर्वोत्कृष्ट अर्थात् पहिलो भएको घोषणा गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल लगातार चौथो पटक प्रथम हुन सफल भएको उल्लेख गर्दै अस्पतालको गुणस्तरमा कुनै कमी आउन नदिन कर्मचारीले इमानदार भएर काम गर्नुपर्ने बताए ।

अस्पतालमा न्युरो सेवा सञ्चालन गर्न मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्दै उनले एक महिनाभित्र सो अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने तथा अस्पतालको पुरानो भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने बताए । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतमले एक सय २१ वर्षको एउटा इतिहास बोकेको देशकै दोस्रो अस्पताल पहिलो हुन सफल भएको उल्लेख गर्दै कर्मचारीको लगनशीलता, व्यवस्थापन समितिको सहयोग र गलत तत्त्वको प्रभावबाट अस्पताललाई जोगाउन सके सबै अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सक्ने बताइन् । भक्तपुर अस्पतालको उदाहरण प्रदेशका बाँकी १२ वटा प्रादेशिक अस्पतालमा पनि लागू गर्नुपर्ने उल्लेख गर्दै सचिव गौतमले मन्त्रालयमै बसेर दैनिक रूपमा प्रदेशका १३ अस्पतालमा कति बिरामी आए, कति भर्ना भएलगायत विवरण सबै हेर्न सकिने गरी बागमती स्वास्थ्य एप्स जडान गर्न लागिएको बताइन् ।

संघीय सरकारले स्वास्थ्य संस्थाको गुणस्तर मापन गर्न बनेको न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्यांकन टिमका संयोजक एवं वीर अस्पताल नर्सिङ कलेजका प्रमुख एवं उपप्राध्यापक रोशनी तुईतुईले देशभरका सकेण्डरी ‘बी’ लेवलको अर्थात् देशभरका तीन सय शय्यामा सञ्चालित अस्पतालको मूल्यांकन टोलीले गुणस्तर मापन गर्दा भक्तपुर अस्पताल देशभरमा प्रथम भएको घोषणा गर्दै भक्तपुर अस्पताललाई अब प्रतिष्ठान बनाउनुपर्ने बताइन् । घोषणाअनुसार लुम्बिनी प्रादेशिक अस्पतालले ८९ अंक प्राप्त गरी दोस्रो र भरतपुर अस्पताल ८८ अंक प्राप्त गरी तेस्रो भएका  छन् । बागमती प्रदेशमध्येका १३ अस्पतालमध्ये धादिङ अस्पतालले ८२ अंक ल्याएर दोस्रो र त्रिशूली अस्पताल ८१ अंक ल्याएर तेस्रो भएको मूल्यांकन टोलीका सदस्य एवं वीर अस्पतालका डा फणिन्द्रप्रसाद बरालले बताए । अस्पतालका निमित्त निर्देशक सुरेन्द्रप्रसाद भट्टले अस्पतालले दिँदै आएको सेवा तथा सुविधाबारेमा जानकारी गराउँदै यस वर्ष बहिरंग, अन्तरगत, शल्यक्रिया, प्रसूतिलगायतका सेवामा बिरामीको आगमन विगतका वर्षमा भन्दा बढेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
रुकुम पश्चिममा बस दुर्घटना ९ जना घाइते
रुकुम पश्चिममा बस दुर्घटना ९ जना घाइते
रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि सुरु
रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि सुरु
६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
प्राधिकरण बोर्ड बैठक बस्दै, उद्योगको लाइन जोड्ने निर्णय हुने
प्राधिकरण बोर्ड बैठक बस्दै, उद्योगको लाइन जोड्ने निर्णय हुने
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो
समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो