एकदिवसीय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्यास
१९ जेठ, काठमाडौं ।
अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले सोमबार एक पोडकास्टमार्फत सन्यासको निर्णय लिएको खुलाएका हुन् । २०१२ मा अफगानिस्तानविरुद्ध डेब्यू गरेका म्याक्सवेलले १४९ एकदिवसीय खेल खेल्दै ३,९९० रन बनाएका छन् । उनको औसत ३३.८१ र स्ट्राइक रेट १२६.७० रहेको छ। बलिङतर्फ उनले ७७ विकेट लिएका छन् भने ९१ क्याच समेत लिएका छन्।
एकदिवसीयमा चार शतक र एक दोहोरो शतक बनाएका उनले अस्ट्रेलियाका लागि सन् २०१५ र सन् २०२३ को एकदिवसीय विश्वकप जितेका छन् । म्याक्सवेल मोडर्न क्रिकेटमा नवीन शटहरूका लागि परिचित छन् । उनी रिभर्स शटलगायतका इनोभेटिभ शट खेल्न माहिर खेलाडी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment