सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद
१७ जेठ, काठमाडौं ।
सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका १३ लाख ८० हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले हिजो विभिन्न ठाउँबाट भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले वीरगञ्ज महानगरपालिका–१६ नगवा गाउँको डम्पिङ साइटमा भारतबाट अवैध रूपमा भन्सार छली गरेर चार वटा साइकलमा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको आठ लाख ३६ हजार मूल्य बराबरको मोबाइल पार्ट्स, जुत्ताचप्पलसहितका सामान बरामद भएको जानकारी दिनुभयो । त्यस्तै वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकबाट पनि मोटर पार्ट्स, भगुवा तथा नगवा क्षेत्रबाट कपडालगायतका सामान बदामद भएको छ । भन्सार छलीका सामानलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी सिंहले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment