भूकम्पमा परेर घाइतेको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्य मन्त्री बस्नेत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १८, २०८०
|
|
४० पटक हेरिएको
Shares
भूकम्पमा परेर घाइतेको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्य मन्त्री बस्नेत

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइतेको उपचारमा कुनै कमी हुन नदिने बताएका छन्।
  • शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिए।
  • उनले आवश्यकता अनुसार थप उपचारका लागि औषधि सहित चिकित्सकको टोलीको व्यवस्था गर्ने बताए ।

१८ कार्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइतेको उपचारमा कुनै कमी हुन नदिने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिए। उनले आवश्यकता अनुसार थप उपचारका लागि औषधि सहित चिकित्सकको टोलीको व्यवस्था गर्ने बताए ।

उनले स्थानीय स्तरमा उपचार संभव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्ने जिकिर गरे । बस्नेतले आफू स्वास्थ्य मन्त्रीभएदेखि नै पैसाको अभावमा कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्दैन भन्दै आइरहेकोले प्राकृतिक विपत्तिका बेला पनि सरकारले उपचारमा कुनै कमि नगर्ने जिकिर गरे । मन्त्री बस्नेतले जाजरकोट र रुकुममाको अवस्था हेरेर उपचारमा लागि थप के गर्न सकिन्छ भन्ने बिषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ
खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)
७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी।
७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी।
सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
सुनसरीको विवादपछी सर्लाहीमा डिजे प्रयोगमा प्रतिबन्ध
सुनसरीको विवादपछी सर्लाहीमा डिजे प्रयोगमा प्रतिबन्ध
विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग
विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
अछाममा चट्याङ लागेर एक बालकको मृत्यु
अछाममा चट्याङ लागेर एक बालकको मृत्यु
हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृ*त्यु
हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृ*त्यु
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक जेठ २१ गतेभित्रै सक्ने
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक जेठ २१ गतेभित्रै सक्ने