Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
४२ पटक हेरिएको
Shares
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी

सारांश

  • पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको छ ।
  • युवराज पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा.
  • खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग राखी परिषदमा निवेदन दिएका हुन् ।

१६ जेठ, काठमाडौं ।

पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको छ ।युवराज पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग राखी परिषदमा निवेदन दिएका हुन् ।

उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उनीहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग छ । यसअघि पीडित एवं साक्षीको संरक्षणका लागि जिल्ला अदालतले नै विशेष प्रकारको आदेश जारी गरेको थियो । जिल्ला अदालतले विभिन्न आधार देखाउँदै व्यक्तिहत्याको आरोपमा आलम लगायतलाई दोषी किटान गरेको थियो । तर जिल्ला अदालतले औंल्याएका आधार एवं मिसिलमा संलग्न प्रमाणहरुको बेवास्ता गरी फैसला गरेको भन्दै उजुरीमा न्यायाधीशहरु थारु र महर्जनमाथि छानविन हुनुपर्ने माग भएको हो । उनले जिल्ला अदालतको फैसला एवं उच्च अदालतबाट मिसिल मगाई अनुसन्धान गर्न माग गरेका छन् ।

न्यायपरिषद ऐनमा कार्यक्षमताको अभाव वा खराब आचरण एवं आचारसंहिताको गम्भिर उल्लंघनको आरोपमा न्यायाधीशहरुमाथि छानविन हुनसक्ने व्यवस्था छ । निवेदनमा कुनै उल्लेख नगरेपछि पौडेलले न्यायाधीशद्वयको कार्यक्षमतामा प्रश्न उठाई निवेदन दिएका हुन् । गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बम विस्फोटबाट घाइतेहरुलाई ज्युँदै इटाभट्टामा पोलेको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो । फैसलापछि न्यायाधीशद्वय थारु र महर्जनको कार्यसम्पादनमाथि प्रश्न उठिरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश जटिल मोडमा छः अध्यक्ष दाहाल
देश जटिल मोडमा छः अध्यक्ष दाहाल
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
आज विजयादशमी, नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइँदै
आज विजयादशमी, नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा
भिसा सकिएका पर्यटकलाई प्रस्थान विन्दुबाटै निःशुल्क भिसा नियमित गर्ने निर्णय
भिसा सकिएका पर्यटकलाई प्रस्थान विन्दुबाटै निःशुल्क भिसा नियमित गर्ने निर्णय
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो
दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो
वीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान
वीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला
कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला