राष्ट्रपति पौडेल र न्युजिल्यान्डका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल र न्युजिल्यान्डका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेट

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलसँग न्युजिल्यान्डका उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतलनिवासमा बुधबार शिष्टाचार भेट गरेका छन् ।
  •  सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
  • नेपाल र न्युजिल्यान्ड विभिन्न अन्तर्राष्ट्रिय विषयहरूमा साझा धारणासहित बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएको स्मरण गर्दै उनले स्तरोन्नतितर्फको यात्रालाई दिगो बनाउन व्यापार, लगानी र विकास सहकार्यका सन्दर्भमा न्युजिल्यान्डबाट सहयोगको अपेक्षा गरेको बताए ।

१४ जेठ, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग न्युजिल्यान्डका उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतलनिवासमा बुधबार शिष्टाचार भेट गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

नेपाल र न्युजिल्यान्ड विभिन्न अन्तर्राष्ट्रिय विषयहरूमा साझा धारणासहित बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएको स्मरण गर्दै उनले स्तरोन्नतितर्फको यात्रालाई दिगो बनाउन व्यापार, लगानी र विकास सहकार्यका सन्दर्भमा न्युजिल्यान्डबाट सहयोगको अपेक्षा गरेको बताए । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको संकटबाट दुवै देश मारमा परेको बताउँदै हिमालय क्षेत्रको जनजीवन  बचाउनका लागि मिलेर काम गर्न आग्रह गरे । न्युजिल्यान्डका पर्यटकले नेपाललाई एक पर्यटकीय गन्तव्य मुलुकको रूपमा पहिचान गरेको उनको भनाइ थियो । न्युजिल्यान्ड नेपालीहरूको अध्ययनका लागि उच्च शिक्षाको आकर्षक गन्तव्य बनेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यहाँ बसोबास गर्ने नेपाली बढेकाले दुई देशबीच जनस्तरमा सम्बन्ध बलियो बनाउन उनीहरूले महत्त्वपूर्ण भूमिका खेल्नु खुसीको विषय रहेको बताए । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध कायम रहँदै आएको र हाम्रो सम्बन्ध गाढा बनाउन सर

एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथाको पहिलोपटक कीर्तिमानी आरोहणले महत्त्वपूर्ण योगदान दिएको विदितै छ भन्दै उनले उक्त आरोहणको ७०औँ वार्षिकोत्सवमा दुवै देशले ‘सगरमाथा– ७०’ मनाएकोमा खुसी प्रकट गरे । उनले दुवै देशका जनताबीच अन्तर्क्रिया एवं सम्बन्ध बढाउन सर एडमन्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रस्टले खेलेको भूमिकाको प्रशंसा गर्दै यसले जनस्तरमा सम्बन्ध विस्तारमा सहयोग पुर्‍याएको बताए । सो अवसरमा न्युजिल्यान्डका उपप्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपालले पुर्‍याएको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा साना देशहरूको भूमिका पनि महत्त्वपूर्ण हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।  नेपाल न्युजिल्यान्डका जनताका लागि रमणीय देश भएकाले यहाँको भ्रमण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूको लागि छात्रवृत्ति वृद्धि गरेर नेपालसँग शिक्षा र विकासको सम्बन्ध सुदृढ गर्न आफूहरूले चाहेको जानकारी दिए । उनले जलवायु परिवर्तनले ल्याएको संकटप्रति आफूहरू सजग रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि सबै देशको सहभागिता जरुरी रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु
कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु
सुर्खेतमा मिनी बस दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
सुर्खेतमा मिनी बस दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
एनपीएलको तयारी पूरा खेल राति पनि हुने
एनपीएलको तयारी पूरा खेल राति पनि हुने
माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय
माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
धनगढीको नोभा हस्पिटलको शौचालयमा मृत भेटिए बिरामी कुरुवा
धनगढीको नोभा हस्पिटलको शौचालयमा मृत भेटिए बिरामी कुरुवा
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण