२६ जेष्ठ २०८२, आईतवार

चिनियाँ रासायनिक कारखानामा ‘भयानक’ विस्फोट

१३ जेठ, बेइजिङ ।

पूर्वी चीनको एक रासायनिक कारखानामा मंगलबार (मे २७) भएको विस्फोटका कारण भवनबाट ठूलो मात्रामा धुवाँको मुस्लो उठेको चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । चीनको समाचार संस्था सिन्ह्वा न्युज एजेन्सीका अनुसार, राजधानी बेइजिङबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वस्थित शान्दोङ प्रान्तको गाओमी सहरमा रहेको युदाओ केमिकल प्लान्टमा स्थानीय

समयानुसार बिहान ११ः५७ बजे विस्फोट भएको हो ।बेइजिङबाट प्रकाशित  अनलाइन सेवामा प्रसारित भिडियोमा आकाशमा धुलो र धुवाँको बाक्लोे मुस्लो उडिरहेको, औद्योगिक क्षेत्रमा आगो लागेको र पसलका झ्यालहरू विस्फोटबाट उडेको देखिन्छ । भिडियो क्लिपमा सडकछेउछाउ भग्नावशेष छरिएको, झ्यालहरू फुटेको, कार र पृष्ठभूमिमा रहेका घर तथा भवनलाई प्रभावित पार्ने खालको सुन्तला रङको ठूलो आगोको लप्का पनि देखाइएको छ ।

राष्ट्रिय आपत्कालीन व्यवस्थापन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपत्कालीन सेवाका निम्ति ५५ सवारीसाधन र २३२ पहिलो उद्धारकर्तालाई घटनास्थलमा पठाइएको उल्लेख छ । चिनियाँ  ४७ हेक्टर (११६ एकड)को जमिनमा फैलिएको युडाओ केमिकलले ‘कम विषाक्त’ कीटनाशक उत्पादन गर्छ । यहाँ करिब ३०० मानिसले काम गर्छन् । यसअघि, सन् २०१५ मा बन्दरगाह सहरका रूपमा चिनिने तियानजिनमा ज्वलनशील रसायनको गोदाममा विस्फोट हुँदा १७० भन्दा बढी मानिसको मृत्यु भएको थियो । ७०० जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment