कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता जेठ २७ गतेदेखि
१३ जेठ, कालीकोट ।
कालीकोटमा कर्णाली प्रदेश स्तरीय खुल्ला दोस्रो बी लेभल पुरुष कप ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। जिल्ला ब्याडमिन्टन संघ कालीकोटको आयोजनामा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ। जिल्ला सदरमुकाम मान्मको मिनि कबर्ड हलमा जेठ २७ गतेदेखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने संघका अध्यक्ष वीरेन्द्र बहादुर शाहीले बताए।
प्रथम विजेताले नगद ५५ हजार ५ सय ५५ र उपविजेताले ३० हजार ५ सय ५५ रुपैयाँ पाउने छन्। फाइनलसम्म पुग्ने खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारको व्यवस्था छ। यस्तै सो ब्याडमिन्टन प्रतियोगितामा भेट्रान तर्फका प्रथम हुने विजेतालाई २० हजार ५ सय ५५, द्वितीय १० हजार ५ सय ५५ र तृतीयलाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको संघका सचिव विनोद शाहीले बताए।

Related posts:
मोटर चलाएर धान खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेर दुई किसानको मृ*त्यु
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्...
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment