गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
३० पटक हेरिएको
Shares
गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी

सारांश

  • प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भिजिट भिसा प्रकरणमा गृह प्रशासनको संस्थागत संलग्नता भएको दाबी गरेका छन् ।
  • संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब गृहमन्त्री रमेश लेखकले जवाफ नभई राजीनामा दिएर बयान दिनु पर्ने बताएका छन् ।
  • उनले भने, ‘गृहमन्त्री ज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले जवाफ दिने होइन, राजीनामा दिने हो।

 

१३ जेठ, काठमाडौं ।

प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भिजिट भिसा प्रकरणमा गृह प्रशासनको संस्थागत संलग्नता भएको दाबी गरेका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब गृहमन्त्री रमेश लेखकले जवाफ नभई राजीनामा दिएर बयान दिनु पर्ने बताएका छन् ।

उनले भने, ‘गृहमन्त्री ज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले जवाफ दिने होइन, राजीनामा दिने हो। अब बयान दिने हो, जवाफ दिने होइन। अब उहाँ अभियुक्त हुनुभयो, अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ ? अभियुक्तले कानुनी कठघरामा गएर अख्तियारले बोलाएको बेलामा बयान दिने हो, जवाफ दिने होइन। राजीनामा दिनुपर्छ। राजीनामा हाम्रो प्रष्ट माग छ। त्योभन्दा दायाँ–बायाँ हुँदैन।’

उनले गृहमन्त्रीको राजीनामा नआई सदन अगाडि बढाउन नदिने पनि बताएका छन् । उनले यो सरकार बनेपछि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिएको दाबी गरे। उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल बन्द छ, बेचन झाको बयान पनि भएको छैन अहिलेसम्म। बयानै नभई जेल बसेका पहिलो पात्र होलान् । अहिले बजारमा सिटामोल काण्ड आएको छ, यसको सत्यतथ्य अनुसन्धान गर्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?