Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संयोगले शिक्षामन्त्री भएँ, धेरै कुरा सिक्दै छु : रघुजी पन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
३७ पटक हेरिएको
Shares
संयोगले शिक्षामन्त्री भएँ, धेरै कुरा सिक्दै छु : रघुजी पन्त

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरैकुरा सिक्नुपर्ने बताएका छन् ।
  •   सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरूको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए ।
  • उनले भने, ‘लामो समय मैले पत्रकारितामा बिताए ।

 

१३ जेठ, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरैकुरा सिक्नुपर्ने बताएका छन् ।  सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरूको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए ।

उनले भने, ‘लामो समय मैले पत्रकारितामा बिताए । पत्रकार महासंघको महासचिव हुँदै संसद्को चुनाव लडेर सांसद हुन आएको मान्छे हुँ । सम्पादकीय र पाठक प्रतिक्रियामा कहिलेकाहीँ धेरै विद्वानहरूले भन्न नसकेको कुरा लेखिएको हुन्छ । त्यस्तो कुरा पाठकले मात्र देख्छ । त्यस कारण म तपाईँहरूको पाठक हुँ, विद्यार्थी हुँ । संयोगले मात्र शिक्षामन्त्री हुन आइपुगेको छु । सबैले बाटो देखाइदिनुहोला । मुलुकको शिक्षा क्षेत्रलाई एउटा राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि मार्गदर्शन र सल्लाहको खाँचो छ ।’ उनले जबसम्म बहुल वादलाई सैद्धान्तिक रूपले मान्दैनौ तबसम्म शिक्षा र राजनीतिमा विविधता ल्याउन नसक्ने पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जय ट्रफी फाइनल : दुवै टोलीको पहिलो इनिङ सकिँदा आर्मी ३७ रनले अगाडि
जय ट्रफी फाइनल : दुवै टोलीको पहिलो इनिङ सकिँदा आर्मी ३७ रनले अगाडि
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
राप्रपा र रास्वपाको अवरोधकैबीच अघि बढ्यो संसद्
राप्रपा र रास्वपाको अवरोधकैबीच अघि बढ्यो संसद्
स्वास्थ्य कार्यालय सर्लाहीको सार्वजनिक अनुरोध !
पर्सिलाई तोकियो संसदीय विशेष समिति सभापतिको निर्वाचन
पर्सिलाई तोकियो संसदीय विशेष समिति सभापतिको निर्वाचन
कमल थापाले भने : हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ
कमल थापाले भने : हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ
२५४४ अंकमा झर्‍यो सेयर बजार, ४ कम्पनी बढे १० प्रतिशत
२५४४ अंकमा झर्‍यो सेयर बजार, ४ कम्पनी बढे १० प्रतिशत
मन्त्रिपरिषदको बैठक बस्दै
मन्त्रिपरिषदको बैठक बस्दै