भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो

१२ जेठ, काठमाडौं।
भारतको राजधानी दिल्लीमा फेरि कोरोना भाइरसका घटना तीव्र गतिमा बढिरहेका छन्। पछिल्लो एक हप्तामा दिल्लीमा ९९ जना कोरोना संक्रमित भेटिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार कोरोना फैलिएपछि दिल्लीमा २४ जना बिरामी निको भएका छन् भने हाल १०४ जना सक्रिय बिरामी छन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या एक हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य विभागका अनुसार केरलामा सबैभन्दा बढी ४३० जनामा कोरोना संक्रमण भएको छ। त्यसपछि महाराष्ट्रमा २०९ जना र दिल्ली १०४ सक्रिय केससहित तेस्रो स्थानमा छ। अन्य राज्यहरूमा पनि कोरोनाका बिरामी बढ्दै गएको स्वास्थ्य विभागले उल्लेख गरेको छ। सन् २०२० देखि कोरोना भाइरसका कारण विश्वभर लाखौं मानिसहरूले ज्यान गुमाएका छन्।

Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु



Post Comment