गृहमन्त्रीबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक
१२ जेठ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। बैठक दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा सोमबार दिउँसो ४ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने छ।
पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको बिषय र त्यसलाई संसदमा प्रभावकारी रुपमा उठाउनेबारे छलफल हुनेछ। रास्वपाले गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरिसकेको छ। रास्वपाले अब बस्ने संसदको वैठक सामान्य नहुने चेतावनी दिएको छ।
Related posts:
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment