११ श्रावण २०८२, शनिबार

असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ

 

११ जेठ, काठमाडौं । 

जिल्ला प्रहरी कार्यालय कैलालीले असई बनेर रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी-५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापा रहेका छन्। उनले धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटलका सञ्चालक मोहन सिंह धामीलाई ठगी गरेको प्रहरीले जानकारी दिएको छ।

शनिबार थापाले आफूलाई ब्युरोबाट खटिएको असई भन्दै विगत २-३ दिनदेखि पटक-पटक होटलमा गई रकम माग्दै आएका थिए।स्थानीयको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?