टाइटानिक डुबेजस्तै देश डुब्दै छ: जनमत अध्यक्ष राउत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपाल टाइटानिक डुबेजस्तै डुबिराखेको बताएका छन् ।
  • बिहीबार संघीय संसदको चालू अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभामा भएको सदनको कामकारबाहीको समीक्षात्मक बैठकमा पार्टीकातर्फबाट बोल्दै उनले देश डुबिराखेको संसदको कामबारबाहीले देखाइरहेको बताए ।
  • ‘म जनतासँग क्षमा माग्न चाहन्छु ।

१६ कात्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपाल टाइटानिक डुबेजस्तै डुबिराखेको बताएका छन् । बिहीबार संघीय संसदको चालू अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभामा भएको सदनको कामकारबाहीको समीक्षात्मक बैठकमा पार्टीकातर्फबाट बोल्दै उनले देश डुबिराखेको संसदको कामबारबाहीले देखाइरहेको बताए ।

‘म जनतासँग क्षमा माग्न चाहन्छु । र भन्न चाहन्छु-यो देश टाइटानिक डुबेजस्तै डुबिराखेको छ । यो डुबाउने अरु कोही होइन, यसका चालकहरु नै हुन् ।’ उनले भने । देश डुबिराख्दा नेता र कर्मचारी सुरक्षित रहेको तर जनता डुब्न लागेको उनको टिप्पणी छ ।

‘जसले विदेशी इन्सुरेन्सको पैसा आउँछ भनेर यो देशलाई डुबाइरहेका छन् । उनीहरु आफूलाई बोट (डुङ्गा) जोगाइराखेका छन् । कर्मचारी र नेताहरुले बोट सुरक्षित राखिसकेका छन्, जनता डुब्ने तरखरमा छन् । तपाईंहरु कसरी बच्नुहुन्छ आफ्नो जोहो आफैँ गर्नुस्’ अध्यक्ष राउतले भने । र यति मात्रै नभनेर उनले प्रमुख दलका तीन नेता शेरबहादुर देउवा प्रचन्ड र केपी ओलीलाई लक्षित गरी यिनीहरूको हातमा सत्ता गएकोले अहिले यो देशको अवस्था यस्तो भएको हो र यो संसद भवन हो कुनै कक्षाकोठा होईन भन्दै माधव नेपाल लाई कटाक्ष पनि हानेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू
थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू
जथाभावी करार र अस्थायी कर्मचारी नहटाउन प्रधानमन्त्रीको निर्देशन
जथाभावी करार र अस्थायी कर्मचारी नहटाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर
प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
भुटानका राजा पर्सि काठमाडौं आउँदै
भुटानका राजा पर्सि काठमाडौं आउँदै
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ