११ श्रावण २०८२, शनिबार

टाइटानिक डुबेजस्तै देश डुब्दै छ: जनमत अध्यक्ष राउत

१६ कात्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपाल टाइटानिक डुबेजस्तै डुबिराखेको बताएका छन् । बिहीबार संघीय संसदको चालू अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभामा भएको सदनको कामकारबाहीको समीक्षात्मक बैठकमा पार्टीकातर्फबाट बोल्दै उनले देश डुबिराखेको संसदको कामबारबाहीले देखाइरहेको बताए ।

‘म जनतासँग क्षमा माग्न चाहन्छु । र भन्न चाहन्छु-यो देश टाइटानिक डुबेजस्तै डुबिराखेको छ । यो डुबाउने अरु कोही होइन, यसका चालकहरु नै हुन् ।’ उनले भने । देश डुबिराख्दा नेता र कर्मचारी सुरक्षित रहेको तर जनता डुब्न लागेको उनको टिप्पणी छ ।

‘जसले विदेशी इन्सुरेन्सको पैसा आउँछ भनेर यो देशलाई डुबाइरहेका छन् । उनीहरु आफूलाई बोट (डुङ्गा) जोगाइराखेका छन् । कर्मचारी र नेताहरुले बोट सुरक्षित राखिसकेका छन्, जनता डुब्ने तरखरमा छन् । तपाईंहरु कसरी बच्नुहुन्छ आफ्नो जोहो आफैँ गर्नुस्’ अध्यक्ष राउतले भने । र यति मात्रै नभनेर उनले प्रमुख दलका तीन नेता शेरबहादुर देउवा प्रचन्ड र केपी ओलीलाई लक्षित गरी यिनीहरूको हातमा सत्ता गएकोले अहिले यो देशको अवस्था यस्तो भएको हो र यो संसद भवन हो कुनै कक्षाकोठा होईन भन्दै माधव नेपाल लाई कटाक्ष पनि हानेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?