२६ जेष्ठ २०८२, आईतवार

रास्वपा नेता यज्ञमणिको सुझाव : सभापति र महामन्त्रीको पदपूर्ति गरौं

 

१० जेठ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी सभापतिलगायत रिक्त पदपूर्ति गर्न प्रस्ताव गरेका छन् । नेता न्यौपानेले सर्वोच्च अदालतको आदेश अनुसार अब पार्टी सभापति रवि लामिछाने अब केही समय बाहिर आउने सम्भावना नहरेको भन्दै उनले उनको ठाउँमा नयाँ व्यक्तिलाई सभापति बनाउन माग गरेका हुन् ।

मुख्य पदहरु रिक्त हुँदा पार्टीलाई अगाडि बढाउन नसिने भन्दै उनले महाधिवेशनसम्मका लागि पद पूर्ति गर्न माग गरेका हुन् । पार्टीका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै उनले रिक्त रहेको महामन्त्री, सहमहामन्त्रीका साथै केन्द्रीय सदस्य पदहरुको पनि पूर्ति गर्न भनेका छन् ।यसका साथै संसदीय दलको नेता चयन गर्ने, सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिने, शुभेच्छुक संगठन सबै निकायमा अभिलम्ब निर्माण गर्ने र ती शुभेच्छुक संगठनहरु भातृ संगठनको रुपमा नरही स्वायत्त प्रकृतिका रहने,

०७९ सालमा प्रतिनिधिसभाको निर्वाचन लडेका उम्मेदवारहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व गराउन पनि उनले माग गरेका छन् ।न्यौपानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग गर्ने र त्यसका लागि सदन तथा सडकबाट संघर्ष सुरु गर्नु पर्ने विषय पनि उठाएका छन् । न्यौपाने रास्वपामा यसअघि अनुशासन आयोगका कार्यवाहक प्रमुख थिए । महाधिवेशन हुने भनेपछि महामन्त्रीमा आकांक्षी भएर उनले राजीनामा दिएका थिए । अहिले रास्वामा सभापति, महामन्त्री, सहमहामन्त्री पद रिक्त छन् । अहिले कार्यवाहकले चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment