एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
२७ पटक हेरिएको
Shares
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने

सारांश

  • नेपाल राष्ट्र बैंकले आगामी एक वर्षभित्र निक्षेप र कर्जाको ब्याजदर निश्चित सीमामा कायम गर्नुपर्ने भएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना अनुसार केन्द्रीय बैंकले तोकिएको अवधिमा निक्षेपको वास्तविक ब्याजदर धनात्मक र कर्जाको ब्याजदर एकल उच्च अंक वा न्यून दोहोरो अंक कायम गर्नुपर्ने भएको हो ।
  • उच्चस्तरीय वित्तीय सुधार सुझाव आयोगले दिएको प्रतिवेदनका आधारमा प्रधामन्त्री कार्यालयले तयार गरेको कार्ययोजनाले वित्तीय क्षेत्रको ब्याजदरमा विशेष चासो दिएको देखन्छि ।

 

९ जेठ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आगामी एक वर्षभित्र निक्षेप र कर्जाको ब्याजदर निश्चित सीमामा कायम गर्नुपर्ने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना अनुसार केन्द्रीय बैंकले तोकिएको अवधिमा निक्षेपको वास्तविक ब्याजदर धनात्मक र कर्जाको ब्याजदर एकल उच्च अंक वा न्यून दोहोरो अंक कायम गर्नुपर्ने भएको हो ।

उच्चस्तरीय वित्तीय सुधार सुझाव आयोगले दिएको प्रतिवेदनका आधारमा प्रधामन्त्री कार्यालयले तयार गरेको कार्ययोजनाले वित्तीय क्षेत्रको ब्याजदरमा विशेष चासो दिएको देखन्छि । कार्ययोजनाले ऋणपत्र बजार चलायमान बनाउने, कर्जा निक्षेपको ब्याजदर अन्तर घटाउने गरी काम गर्न केन्द्रीय बैंकलाई निर्देशन दिएको छ । कार्ययोजना अनुसार केन्द्रीय बैंकले मौद्रिक व्यवस्थापनका लागि ब्याजदर करिडोर प्रभावकारी कार्यान्वयन गर्दै अन्तरबैंक ब्याजदर नीतिगत दर नजिक राख्ने काम निरन्तर गर्नुपर्ने छ । साथै, केन्द्रीय बैंकले ब्याजदर करिडोरको ब्यान्डलाई क्रमशः कम गर्दै लैजाने जिम्मेवारी तोकिएको छ । हाल ब्याजदर करिडोरको माथिल्लो बिन्दु ६.५ र तल्लो बिन्दु ३ प्रतिशत छ । केन्द्रीय बैंकले कार्ययोजना अनुसार काम गरे/नगरेको अनुगमन तथा सहजीकरण अर्थ मन्त्रालयले गर्ने छ । केन्द्रीय बैंकले यो काम निरन्तर गर्नुपर्ने छ । यसले अन्तरबैंक ब्याजदर र नीतिगत ब्याजदरबीच अन्तर काम भएको अपेक्षा गरिएको छ ।

त्यसैगरी केन्द्रीय बैंकले तरलता व्यवस्थापन थप प्रभावकारी बनाउँदै ब्याजदर उतारचढाव कम गर्नुपर्ने छ । यसले ब्याजदर उतारचढाव कम गर्ने अपेक्षा कार्ययोजनाको छ । मौद्रिक नीत उद्देश्यसँग तादात्म्यता कायम हुने गरी विदेशी विनिमय व्यवस्थापन र नियामकीय व्यवस्था कायम गर्न पनि केन्द्रीय बैंकलाई तोकिएको छ । राष्ट्र बैंकले यसो गर्दा मौद्रक नीतिको उद्देश्य विनिमय व्यवस्थापन एवं नियामकीय व्यवस्थाबीच तादात्म्यता कायम भएको कार्ययोजनाको दाबी छ ।कार्ययोजनाले केन्द्रीय बैंकलाई ५ देखि ७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम गर्न भनेको छ । हाल यस्तो सञ्चिति १४.२ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने छ । उत्पादनमूलक र निर्यातमुखी क्षेत्रमा प्रवाह हुने कर्जालाई स्थिर ब्याजदरमा प्राप्त हुने व्यवस्था गर्ने जिम्मा केन्द्रीय बैंकलाई तोकिएको छ ।उत्पादनमूलक उद्योग र निर्यात प्रवद्र्धन गर्न त्यस क्षेत्रमा जाने कर्जा र स्थिर आय भएका व्यक्तिले लिने पहिलो घरकर्जा निश्चित अवधिसम्म स्थिर ब्याजदरमा उपलब्ध हुने व्यवस्था गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ ।

यसले निश्चित अवधिसम्म ब्याजदर स्थिर हुने कार्ययोजनाको दाबी छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीको सञ्चालन लागत कम गर्न, क्षमता अभिवृद्धि गर्न र वित्तीय स्थायित्व कायम गर्न कर्जा र निक्षेपको ब्याजदर अन्तर कम गर्दै लैजानुपर्ने कार्ययोजनामा उल्लेख छ । यो काम राष्ट्र बैंकले एक वर्षभित्र गरिसक्नुपर्ने छ । यसले ब्याजदर नीति अवलम्बन भएको हुनेछ । केन्द्रीय बैंकले आगामी एक वर्षमा अर्थतन्त्रमा ब्याजदर उतारचढाव सम्बोधन गर्न ऋणपत्र बजार विकास गर्नुपर्ने छ । त्यसका लागि अर्थले सहयोग गर्ने कार्ययोजनामा उल्लेख छ । कम ब्याजदरमा सहजै वित्तीय स्रोत उपलब्ध गराउन बैकल्पिक वित्त व्यवस्था गर्ने अवधि पनि एक वर्षको छ । उत्पादन र व्यावसायिक लागत घटाउने उपाय अवलम्बन गर्ने जिम्मासमेत केन्द्रीय बैंकलाई तोकिएको छ । केन्द्रीय बैंकले आगामी एक वर्षभित्र भारतीय रुपैयाँसँगको विनिमय दरको विकल्पमा अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएको छ । वास्तविक विनिमय अधिमूल्यन हुन नदिन मुद्रास्फीति कम दरमा राख्ने र प्रचलित विनिमय दर तह अवश्यकता अनुसार परिवर्तन गर्ने काम पनि केन्द्रीय बैंकको छ । यसले वास्तविक विनिमय अधिमूल्यन हुन नदिने कार्ययोजनाको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा श्रीमान्, श्रीमतीमाथि चल्यो गोली, श्रीमतीको मृ*त्यु, श्रीमान् घाइते
कैलालीमा श्रीमान्, श्रीमतीमाथि चल्यो गोली, श्रीमतीको मृ*त्यु, श्रीमान् घाइते
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित
मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित
एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक
एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक
धनुषामा सात प्रदेशका उपसभामुखहरूको सम्मेलन सुरु
धनुषामा सात प्रदेशका उपसभामुखहरूको सम्मेलन सुरु
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
भित्र मुख्यमन्त्रीको पदभार, बाहिर झडप
भित्र मुख्यमन्त्रीको पदभार, बाहिर झडप
विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव
विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन
सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन