Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ईसीडीमा स्पष्ट नीतिबिना विधेयक अघि नबढोस् : पूर्वशिक्षामन्त्री भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
३६ पटक हेरिएको
Shares
ईसीडीमा स्पष्ट नीतिबिना विधेयक अघि नबढोस् : पूर्वशिक्षामन्त्री भट्टराई

सारांश

  • प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकमा सांसद तथा पूर्वशिक्षामन्त्री विद्या भट्टराईले प्रारम्भिक बाल विकास (ईसीडी) कार्यक्रमलाई लिएर शिक्षा मन्त्रालयको दृष्टिकोण अस्थिर र अस्पष्ट रहेकोप्रति चिन्ता व्यक्त गरिन्।
  • उनका अनुसार आफू शिक्षामन्त्री रहँदा ईसीडीलाई विद्यालय संरचनाभित्र राख्ने र दुई वर्षे बनाउने विषयमा सहमति जुटेको थियो।
  •   तर उनले राजीनामा दिएपछि मन्त्रालय त्यस सहमतिबाट पछि हटेको छ।

 

९ जेठ, काठमाडौं ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकमा सांसद तथा पूर्वशिक्षामन्त्री विद्या भट्टराईले प्रारम्भिक बाल विकास (ईसीडी) कार्यक्रमलाई लिएर शिक्षा मन्त्रालयको दृष्टिकोण अस्थिर र अस्पष्ट रहेकोप्रति चिन्ता व्यक्त गरिन्।उनका अनुसार आफू शिक्षामन्त्री रहँदा ईसीडीलाई विद्यालय संरचनाभित्र राख्ने र दुई वर्षे बनाउने विषयमा सहमति जुटेको थियो।  तर उनले राजीनामा दिएपछि मन्त्रालय त्यस सहमतिबाट पछि हटेको छ। ‘शिक्षा मन्त्रालयको पछिल्लो अडानले यो विषय झन् पेचिलो बनेको छ,’ भट्टराईले भनिन्।

शिक्षा मन्त्रालयले विद्यालय संरचनामा ईसीडी समावेश गर्दा शिक्षकको दायित्व बढ्ने र बजेट थपिनुपर्ने भन्दै असहमति जनाएको छ। तर सांसद भट्टराईले सामुदायिक र निजी विद्यालय दुवैमा समान मापदण्डमा आधारित ईसीडी शिक्षा व्यवस्था लागू गर्नुपर्ने बताइन्। ‘अहिले लागू ऐनअनुसार १ वर्षे ईसीडी अनिवार्य छ तर यो निजी विद्यालयमा कार्यान्वयन भएको छैन,’ उनले भनिन्, ‘अब कार्यान्वयन हुने गरी स्पष्ट कानुनी व्यवस्था आवश्यक छ।’ उनले समितिमा प्रतिवेदन अस्पष्ट रहेको भन्दै प्रश्न गरिन्, ‘२ वर्षे ईसीडी बनाउने कि नबनाउने? ईसीडी शिक्षकलाई शिक्षकको मान्यता दिने कि नदिने? अहिले नै स्पष्ट हुन जरुरी छ।’

हाल सामुदायिक विद्यालयमा एक वर्षे र निजी विद्यालयमा चार वर्षसम्म ईसीडी कक्षा सञ्चालन हुँदै आएको छ। तर सरकारले ईसीडी शिक्षकलाई अझै पनि ‘बालविकास सहयोगी’ को रूपमा मात्रै मान्यता दिँदै आएको छ। साथै भट्टराईले शिक्षक राजनीतिक दलमा आबद्ध हुन नपाउने, निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति अनिवार्य रूपमा दिनुपर्ने र शिक्षक–कर्मचारीका माग सम्बोधनका विषयमा पनि विधेयक स्पष्ट हुनुपर्नेमा जोड दिइन्। ‘शिक्षक संगठन हुने कि नहुने? छात्रवृत्ति कार्यान्वयन कसले गर्ने? यी सबै विषय स्पष्ट नभएसम्म विधेयकमाथि दफावार छलफल अघि बढ्न हुँदैन,’ उनले भनिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल अब ३ वर्ष मात्रै
राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल अब ३ वर्ष मात्रै
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी।
७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी।
पाँच महिनापछि खुल्यो केदारनाथ धामको ढोका
पाँच महिनापछि खुल्यो केदारनाथ धामको ढोका
रास्वपा सांसदले गरे वेल घेराउ, सभामुखले रोकेनन् बैठक
रास्वपा सांसदले गरे वेल घेराउ, सभामुखले रोकेनन् बैठक
कोइरालाको आरोप : देउवाकै कारण कांग्रेसमा गुट फस्टायो
कोइरालाको आरोप : देउवाकै कारण कांग्रेसमा गुट फस्टायो
पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य
पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
सभामुख देवराज घिमिरेको दसैं शुभकामना: ‘संविधानमै रहँदै समाधान खोज्नुपर्छ’
सभामुख देवराज घिमिरेको दसैं शुभकामना: ‘संविधानमै रहँदै समाधान खोज्नुपर्छ’
परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता