दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
९ जेठ, चीन।
दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा बिहीवार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अन्य १७ जना अझै फसेको प्रान्तीय सरकारले जनाएको छ । बिजी शहर अन्तर्गत दाफाङ काउन्टीको चाङ्शी र गुओवा टाउनशिपमा एकै दिन दुई छुट्टाछुट्टै पहिरोमा परी क्रमशः दुई र १९ जना फसेका छन् ।
बिहीवार राति ९ बजेसम्म चाङ्शीमा दुई र गुओवामा दुई जनाको शव निकालिएको थियो । राष्ट्रिय प्रकोप रोकथाम न्युनिकरण र राहत आयोगले गुइझोउमा हालै भएको गम्भीर बाढी र भूगर्भीय प्रकोपहरू विशेष गरी बिजीमा भएको पहिरोलाई लक्षित गर्दै स्तर-प्रकोप-राहत आपतकालीन प्रतिक्रिया शुरु गरेको छ । आयोगले अवस्थाको मूल्याङ्कन गर्न र स्थानीय राहत प्रयासहरूमा सहयोग गर्न प्रभावित क्षेत्रहरूमा कार्य समूह पठाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment