Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा कारको ठक्करबाट वृद्धा महिलाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
९८ पटक हेरिएको
Shares
सर्लाहीमा कारको ठक्करबाट वृद्धा महिलाको मृ*त्यु

सारांश

  • सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित कुशुम पार्टी प्यालेस अगाडिको भित्री सडकखण्डमा आज अपराह्न सवारी दुर्घटनामा परी एक वृद्धा महिलाको मृत्यु भएको छ।
  • दिउँसो करिब ३:०० बजे गोरखकालीतर्फबाट मलंगवा जाँदै गरेको BR 06 AE 9668 नम्बरको कारले पैदल यात्री ७० वर्षीया हसिना खातुनलाई ठक्कर दिएको थियो।
  • खातुन मलंगवा नगरपालिका–३ की बासिन्दा थिइन्।

 

८ जेठ,सर्लाही ।

सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित कुशुम पार्टी प्यालेस अगाडिको भित्री सडकखण्डमा आज अपराह्न सवारी दुर्घटनामा परी एक वृद्धा महिलाको मृत्यु भएको छ। दिउँसो करिब ३:०० बजे गोरखकालीतर्फबाट मलंगवा जाँदै गरेको BR 06 AE 9668 नम्बरको कारले पैदल यात्री ७० वर्षीया हसिना खातुनलाई ठक्कर दिएको थियो। खातुन मलंगवा नगरपालिका–३ की बासिन्दा थिइन्। ठक्करबाट उनी घाइते भइ प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगिएकोमा, करिब ४:०० बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। कार र चालक अमित गुप्ता‌, मलंगवा नगरपालिका–८ निवासी, प्रहरी नियन्त्रणमा छन्। प्रहरीका अनुसार दुर्घटना स्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब २ किलोमिटर उत्तर–पूर्वमा पर्छ। घटनाको थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
राष्ट्रियसभाका बैठक आज बस्ने
राष्ट्रियसभाका बैठक आज बस्ने
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
कार्यकर्तालाई ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्नेगरी लाग्नुहोस्
गौशालाका लागि १७ रोपनी जग्गा प्रदान
गौशालाका लागि १७ रोपनी जग्गा प्रदान
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको श*व भेटियो
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको श*व भेटियो
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
विद्यार्थीलाई बाहिर निकालेर जनप्रतिनिधिले नै गरे विद्यालयमा तालाबन्दी
विद्यार्थीलाई बाहिर निकालेर जनप्रतिनिधिले नै गरे विद्यालयमा तालाबन्दी