वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या
८ जेठ, अमेरिका।
अमेरिकाको वाशिंगटन डिसीस्थित यहूदी संग्रहालय नजिकै इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या भएको छ । वाशिंगटन, डीसीमा रहेको इजरायली दूतावाससँग सम्बन्धित मानिने दुई व्यक्तिलाई बुधबार राति राजधानी यहूदी संग्रहालय नजिकै गोली हानी हत्या गरिएको सिएनएनले उल्लेख गरेको छ ।
अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले घटनाको पुष्टि गर्दै यहूदी संग्रहालय नजिकै दुई इजरायली दूतावासका कर्मचारीहरूको हत्या भएको सामाजिक संजालमा लेखेकी छन् । डीसी प्रहरीले संग्रहालय नजिकै रहेको एफबीआईको वाशिंगटन फिल्ड अफिसको सडक पार भएको गोलीबारीको घटनाको अनुसन्धान गरिरहेको बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment