२६ जेष्ठ २०८२, आईतवार

सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृ*त्यु, २ घाइते

 

६ जेठ, सर्लाही ।

दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खादाँ दुवै चालकको मृत्यु। मिति २०८२।०२।०६ गते अ.१५:३० बजेको समयमा जिल्ला सर्लाही बागमति नगरपालिका वडा नं ०४ जिरायत बजार स्थित भरत ताल देखि सोल्टीबजार जाने भित्री सडक खण्डमा बागमतीको पुतली चोकबाट सोल्टी तर्फ जाँदै गरेको प्र.३-०२-००६प ७८६८नं को मो.सा.र बिपरित दिशाबाट आउँदै गरेको बा ५६ प ५२६ नं को मो.सा. एक आपसमा

ठक्कर खाँदा दुबै मो.सा.का चालक र सवार मानिसहरु घाइते भएकोमा घाइतेहरूको बागमति मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि विरगन्ज तर्फ पठाइएकोमा बाटोमा लैजादै गर्दा बा ५६ प ५२६ नं.को मो.सा.चालक जिल्ला रौतहट बिसुनपुर्वा गा.बि.स बस्ने अ.बर्ष ३३को नागेन्द्र साह सोनार र प्र.३-०२-००६प ७८६८नं को मो.सा.चालक जि.काठमाण्डौं का.म.न.पा.२३ बसन्तपुर स्थायी वतन भएका अं. बर्ष ३० को विबेक मानन्धरको चन्द्रपुर अस्पताल प्रा.लि. रौतहटमा १६;३० बजेको समयमा चिकित्सकले चेक जाँच गर्दा मृत घोषणा गरेको । मो.सा पछाडि सवार घाइतेहरुलाई समेत थप उपचारको लागि बिरगन्ज तर्फ पठाइएको छ । अवस्था मध्यम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?