बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या

सारांश

  •   दोगडाकेदार गाउँपालिकाको वडा नं २ बडिया र कणेलीगाउँमा खानेपानीको समस्या भएको छ ।
  • गाउँपालिकाले ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरेपनि ती गाउँमा खानेपानी समस्या जारी रहेकोा छ ।
  • तीगाउँका तीन सय घरपरिवारले बाह्रै महिना खानेपानीको समस्या भोग्दै आएको स्थानीयवासी करनसिंह भाटले जानकारी दिनुभयो ।

६ जेठ, बैतडी । 

दोगडाकेदार गाउँपालिकाको वडा नं २ बडिया र कणेलीगाउँमा खानेपानीको समस्या भएको छ । गाउँपालिकाले ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरेपनि ती गाउँमा खानेपानी समस्या जारी रहेकोा छ । तीगाउँका तीन सय घरपरिवारले बाह्रै महिना खानेपानीको समस्या भोग्दै आएको स्थानीयवासी करनसिंह भाटले जानकारी दिनुभयो । तत्कालीन समयमा एसियाली विकास बैंक (एडिबी)का सहयोगमा बनेको खानेपानी योजना जीर्ण बनेपछि यहाँ बाह्रै महिना खानेपानीको समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानीका लागि निकै समस्या छ । एडिबीले बनाइदिएको खानेपानी योजना जीर्ण भयो, परम्परागत पानीका कुवा सुकेका छन् । यहाँ बाह्रै महिना खानेपानीको हाहाकार हुने गरेको छ ।”

एडिबीको सहयोगमा २०५२ सालमा यहाँ खानेपानी योजना निर्माण भए पनि हाल भने जीर्ण भएको उहाँले बताउनुभयो । दोगडाकेदार गाउँपालिकाले अन्य बस्तीमा ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरे पनि यहाँको समस्या समाधानका लागि भने कुनै चासो नदिएको स्थानीय बासिन्दाको आरोप छ । गाउँमा भएका पानीका मुहान सुकेपछि बडियावासी एक गाग्री पानीका लागि दिनभरि भौँतारिने गरेका छन् । खानेपानीको बाह्रै महिना समस्या हुने गरेको अर्का स्थानीयवासी लोकेन्द्र विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बडिया र कणेलीगाउँवासीका दुःख भनेको खानेपानी हो । यो समस्या समाधानका लागि कुनै ठाउँबाट पहल हुनसकेको छैन ।” खानेपानीका लागि घण्टौँ लगाएर ल्याउनुपरेको स्थानीयवासी रघुवीर भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानीका लागि घण्टौँ लाइन बसेर भर्नुपर्छ । पानी भर्नमै रातदिन बित्ने गर्छ ।”

बडियामा खानेपानी पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षअघि लिफ्ट खानेपानी योजना सुरु गरे पनि अधुरै रहेको छ । उक्त योजनाले बजेट अभावका कारण अहिलेसम्म पूर्णता नपाएको हो । बजेट अभावका कारण बडियामा पाँच वर्षदेखि लिफ्ट खानेपानी अलपत्र पर्दा यहाँका नागरिकलाई समस्या भएको दोगडाकेदार–२ का वडाध्यक्ष विष्णुदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले निर्माण गरिरहेको लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि यहाँका नागरिकलाई राहत हुने थियो । हाल भने खानेपानीको निकै समस्या छ ।” बजेट बढेर आउनुको सट्टा घटेर आउँदा लिफ्ट खानेपानी निर्माणको काम वर्षौँसम्म सम्पन्न हुन नसकेको वडाध्यक्ष भट्टको भनाइ छ । उहाँले भन्नुभयो, “योजना निर्माणका काम क्रमागत रूपमा चलिरहेको छ । आगामी वर्ष सम्पन्न हुने आस छ ।”

बडियामा खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले पाँच वर्षअघि रु तीन करोड ९६ लाखमा लिफ्ट खानेपानी योजना निर्माण सुरु गरेको डिभिजन खानेपानी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख गोविन्दप्रसाद देवकोटाले उक्त योजनाको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त योजना चारवटा ‘स्किम’मा काम भइरहेको छ । यसमध्ये तीनवटा ‘स्किम’ लिफ्ट प्रविधिको भएकाले मोटर चलाउन विद्युत्का पोल गाडेर तार तान्ने काम पूरा भएको छ । निर्माण सम्पन्नका लागि केही समय अझै लाग्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका युवक
दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका युवक
सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साहित भए : प्रचण्ड
सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साहित भए : प्रचण्ड
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, करिब ५ करोडको हिसाब भेटिएन
बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, करिब ५ करोडको हिसाब भेटिएन
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
सरकारकाे कालाे सूचीमा परेका १३ कम्पनी कुन-कुन हुन्?
सरकारकाे कालाे सूचीमा परेका १३ कम्पनी कुन-कुन हुन्?
छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना हुने
छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना हुने
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
वीरगन्ज नाका हुँदै भित्रिने चार पांग्रे सवारीसाधनको आयात घट्यो
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता