मोरङमा बाइक दुर्घटनामा आमाको मृ*त्यु, छोरा प्रहरी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
मोरङमा बाइक दुर्घटनामा आमाको मृ*त्यु, छोरा प्रहरी नियन्त्रणमा

सारांश

  • मोरङको रतुवामाई नगरपालिका-६ स्थित त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
  • आइतबार साँझ करिब ७ बजे भएको उक्त दुर्घटनामा रतुवामाई नगरपालिका-५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएकाे हाे ।
  • दुर्घटना भवानीका छोरा २३ वर्षीय रमेश मेहताले चलाएको प्रदेश १-०२०४५ प ९०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको प्रहरीले जनाएको छ ।

५ जेठ, काठमाडौं ।

मोरङको रतुवामाई नगरपालिका-६ स्थित त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।आइतबार साँझ करिब ७ बजे भएको उक्त दुर्घटनामा रतुवामाई नगरपालिका-५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएकाे हाे । दुर्घटना भवानीका छोरा २३ वर्षीय रमेश मेहताले चलाएको प्रदेश १-०२०४५ प ९०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको प्रहरीले जनाएको छ । आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको मोटरसाइकल कुकुरलाई जोगाउने प्रयासमा अनियन्त्रित भई सडकमा लडेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी भवानी मेहतालाई तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्‍याएपछि साँझ ७ः१० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरे । घटनापछि मोटरसाइकल चालक तथा मृतकका छोरा रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोगले सहसचिवका लागि ११ जनालाई  सिफारिस
आयोगले सहसचिवका लागि ११ जनालाई सिफारिस
महोत्तरीमा बाढीले पुल भत्काएपछि महेन्द्र राजमार्ग अवरुद्ध
महोत्तरीमा बाढीले पुल भत्काएपछि महेन्द्र राजमार्ग अवरुद्ध
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
कर्णाली पुलबाट नदीमा हाम फालेर महिला बेपत्ता
कर्णाली पुलबाट नदीमा हाम फालेर महिला बेपत्ता
३५ हजार घुस लिएको दाबीसहित चन्द्रौटाका नापी सर्वेक्षकविरुद्ध मुद्दा
३५ हजार घुस लिएको दाबीसहित चन्द्रौटाका नापी सर्वेक्षकविरुद्ध मुद्दा
लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : पूर्व राष्ट्रपति यादव
लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : पूर्व राष्ट्रपति यादव